Posts

Image
  पिङ त्यही थियो, खामो फेरीएछ डोरी नयाँ थियो, पुरानो चुडीएछ रहर ऊही थियो,  मन फेरीएछ आकाश त्यही थियो, रङ्ग फेरीएछ Instagram
Image
  डुबी सकेको छैन अझै थाकी सकेको पनि छैन आउछ उ फेरी पक्कै पनि आश मारिसकेको पनि छैन Check Out !   Instagram

पुरानो घरको पिडी

Image
बिहानीको त्यस्तै आठ बजे तिर म यो पुरानो घरको बिहिर पिडीमा राखिएको काठको टेबुलमा बसेर वरिपरीको वातावरणलाई नियाल्दै थिए । घर सायद डाडामा भएकाले होला बिहानीको निकै चर्को घाम थियो । वरपर हेर्र्दै गर्दा मेरो ध्यान एक्कासी घरको पिडीमा गयो । शान्त भएर बसेको मैले एक्काशी केही सुने जस्तो लाग्यो । ए मानीस सुन त....  यता हेरेर हाम्रो नी फोटो खिचीदेउ न । म अचम्ममा परे, छेउमै रेहेको जातोले बिलौना गर्दै थियो, पहिले पहिले म नभई मान्छेहरू निकै आतिन्थे, सबैको घरमा म अनिवार्य थिए तर आज, पहिलेको जस्तो समय रहेन । मन्छेहरू निकै परिवर्तित भईसके छन, मेरो काम आधुनीक मेसिनलाई दिए छन । अब सायद केही वर्षमा मलाई पनी गाउँ गरमा खुल्ने संग्रहालयमा राख्न बेर छैन । यस्तै गुनासाहरू थिए पिडीमा राखिएका सामानहरूको । "सबैका आ-आफ्ना गुनासा , सबैका आ-आफ्ना कथा" ।

म फ्यालीएको चस्मा

Image
अ सहि सुन्यौ तिमीले, हो म फ्यालिएको चस्मा । म त्यही चस्मा हु जसलाई तिमीले पहिलो चोटी देख्दा निकै रमाएकी थियौ । अनी याद छ मलाई अझै त्यो दिन, जुन दिन तिमी मलाई तिम्रा ति साना आखाको अगाडी लगाएर तिम्रा ती साना साथीहरूलाई देखाउन निकै हतारिएकी थियौ । अनी म त्यही चस्मा हु जस्लाई तिमीले छिन, छिनमा निकालेर पुछेर सफा पार्दै लगाउथ्यौ । तर आज, यी मलाई हेर त म निकै मैलिएको छु, कहिले यता त कहिले उता फ्यालिएको छु । सायद अब तिमीमा, म प्रतिको आकर्षण घट्दै गएको जस्तो छ । मलाई नदेखे आतिने कराउने तिमीले सायद अर्कै चस्माको साहारा पाएकी जस्तो छ ।

ए मुर्तीहरू हो

Image
ए मुर्तीहरू हो यी मलाई हेर त... कुनै समय तिम्रै वरीपरि भाडाकुटी खेल्दै रमाउने म आज लौरीको साहारामा तिमीलाई भेट्न आएकी छु । समयले बच्चा, यौवन हुदै बुढो बनायो मलाई तर तिमी अजै उस्तै रहेछौ, जस्तो मैले सानो हुदा देखेकी थिए । यी हेर त तिम्रै छेउमा बसेर थाकेका यी मेरा बुढा अङ्गहरूलाई आराम दिदै वरिपरि हेर्दै छु । हेर त समय कति चाडै काचुली फेरेछ, सबै फेरीएछन तर तिमी र उत्यो आकाशको घाम आज पनी उस्तै रहेछौ, जस्तो मैले सानोमा देखेकी थिए ।

Chari chatta pari

Image
Dance video by Gita Dhungana on Nepali song "Chari chatta pari". https://youtu.be/uTHFNgep2nw

रबी

अहो, हिजो रातीको हावा हुरीले त गर्नु गरे छ। गोठको त्रीपाल त सबै उढाएर लगे छ," आमा ए आमा ! होइन कता जानु भएछ " उ कराउदै थीयो घर पछाडीको गोठबाट । कैले गोठ तीर नजाने उस्लाइ आज के भएछ कुन्नी आज त एका बीहानै गोठबाट आमालाई बोलाउदै थीयो। अनी एकै छिनमा भित्रबाट आवाज सुनीयो -हैन के भयो तलाई बीहान बीहान कराउदै छस्त ।  यता आउनु त, गोठको त्रीपाल त रातीको हावा हुरीले उडाए छ -उ सुनाउदै छ आमालाई आमा हतार हतार गर्दै हेर्न आइन- लौ  किनेर ल्याको नयाँ त्रीपाल त उडाइ हालेछ नी , हे भगवान अब के गर्ने होला उनी दुखीहुदै छोरालाइ सुनाउदै थिईन। जा जा यतै गाउँतिरै कतै रूखमा अड्केको होला, उनले छोरालाई अर्याईन। रबी हतार हतार गर्दै पाइन्ट र कमीज लगाएर कुद्यो गाउँ तिर रुखहरूमा हेर्दै ।  होईन ए रबी केभो तलाई बिहान बिहान माथी माथी हेर्दै हिड्या छस त - घरको आँगनमा बसेर घाम ताप्दै गरेका  लाहुरे बा भन्दै थीए। के हुनुनी लाहुरे बा हिजो रातीको हावा हुरीले त्रीपाल उडाए छ त्इ खोज्न हिडेको ।  लउ अब रातीको हुरीले कहाँ पुर्यायो होला कहाँ खोज्छस्- लाउरे बा भन्दै थाए। उस्ले नसुने जस्तै गरी हिड्यो। धेरै खोज्