Posts

Showing posts from March, 2019

ए मुर्तीहरू हो

Image
ए मुर्तीहरू हो यी मलाई हेर त... कुनै समय तिम्रै वरीपरि भाडाकुटी खेल्दै रमाउने म आज लौरीको साहारामा तिमीलाई भेट्न आएकी छु । समयले बच्चा, यौवन हुदै बुढो बनायो मलाई तर तिमी अजै उस्तै रहेछौ, जस्तो मैले सानो हुदा देखेकी थिए । यी हेर त तिम्रै छेउमा बसेर थाकेका यी मेरा बुढा अङ्गहरूलाई आराम दिदै वरिपरि हेर्दै छु । हेर त समय कति चाडै काचुली फेरेछ, सबै फेरीएछन तर तिमी र उत्यो आकाशको घाम आज पनी उस्तै रहेछौ, जस्तो मैले सानोमा देखेकी थिए ।