Posts

Showing posts from 2019

पुरानो घरको पिडी

Image
बिहानीको त्यस्तै आठ बजे तिर म यो पुरानो घरको बिहिर पिडीमा राखिएको काठको टेबुलमा बसेर वरिपरीको वातावरणलाई नियाल्दै थिए । घर सायद डाडामा भएकाले होला बिहानीको निकै चर्को घाम थियो । वरपर हेर्र्दै गर्दा मेरो ध्यान एक्कासी घरको पिडीमा गयो । शान्त भएर बसेको मैले एक्काशी केही सुने जस्तो लाग्यो । ए मानीस सुन त....  यता हेरेर हाम्रो नी फोटो खिचीदेउ न । म अचम्ममा परे, छेउमै रेहेको जातोले बिलौना गर्दै थियो, पहिले पहिले म नभई मान्छेहरू निकै आतिन्थे, सबैको घरमा म अनिवार्य थिए तर आज, पहिलेको जस्तो समय रहेन । मन्छेहरू निकै परिवर्तित भईसके छन, मेरो काम आधुनीक मेसिनलाई दिए छन । अब सायद केही वर्षमा मलाई पनी गाउँ गरमा खुल्ने संग्रहालयमा राख्न बेर छैन । यस्तै गुनासाहरू थिए पिडीमा राखिएका सामानहरूको । "सबैका आ-आफ्ना गुनासा , सबैका आ-आफ्ना कथा" ।

म फ्यालीएको चस्मा

Image
अ सहि सुन्यौ तिमीले, हो म फ्यालिएको चस्मा । म त्यही चस्मा हु जसलाई तिमीले पहिलो चोटी देख्दा निकै रमाएकी थियौ । अनी याद छ मलाई अझै त्यो दिन, जुन दिन तिमी मलाई तिम्रा ति साना आखाको अगाडी लगाएर तिम्रा ती साना साथीहरूलाई देखाउन निकै हतारिएकी थियौ । अनी म त्यही चस्मा हु जस्लाई तिमीले छिन, छिनमा निकालेर पुछेर सफा पार्दै लगाउथ्यौ । तर आज, यी मलाई हेर त म निकै मैलिएको छु, कहिले यता त कहिले उता फ्यालिएको छु । सायद अब तिमीमा, म प्रतिको आकर्षण घट्दै गएको जस्तो छ । मलाई नदेखे आतिने कराउने तिमीले सायद अर्कै चस्माको साहारा पाएकी जस्तो छ ।

ए मुर्तीहरू हो

Image
ए मुर्तीहरू हो यी मलाई हेर त... कुनै समय तिम्रै वरीपरि भाडाकुटी खेल्दै रमाउने म आज लौरीको साहारामा तिमीलाई भेट्न आएकी छु । समयले बच्चा, यौवन हुदै बुढो बनायो मलाई तर तिमी अजै उस्तै रहेछौ, जस्तो मैले सानो हुदा देखेकी थिए । यी हेर त तिम्रै छेउमा बसेर थाकेका यी मेरा बुढा अङ्गहरूलाई आराम दिदै वरिपरि हेर्दै छु । हेर त समय कति चाडै काचुली फेरेछ, सबै फेरीएछन तर तिमी र उत्यो आकाशको घाम आज पनी उस्तै रहेछौ, जस्तो मैले सानोमा देखेकी थिए ।