Posts

Showing posts from 2018

Chari chatta pari

Image
Dance video by Gita Dhungana on Nepali song "Chari chatta pari". https://youtu.be/uTHFNgep2nw

रबी

अहो, हिजो रातीको हावा हुरीले त गर्नु गरे छ। गोठको त्रीपाल त सबै उढाएर लगे छ," आमा ए आमा ! होइन कता जानु भएछ " उ कराउदै थीयो घर पछाडीको गोठबाट । कैले गोठ तीर नजाने उस्लाइ आज के भएछ कुन्नी आज त एका बीहानै गोठबाट आमालाई बोलाउदै थीयो। अनी एकै छिनमा भित्रबाट आवाज सुनीयो -हैन के भयो तलाई बीहान बीहान कराउदै छस्त ।  यता आउनु त, गोठको त्रीपाल त रातीको हावा हुरीले उडाए छ -उ सुनाउदै छ आमालाई आमा हतार हतार गर्दै हेर्न आइन- लौ  किनेर ल्याको नयाँ त्रीपाल त उडाइ हालेछ नी , हे भगवान अब के गर्ने होला उनी दुखीहुदै छोरालाइ सुनाउदै थिईन। जा जा यतै गाउँतिरै कतै रूखमा अड्केको होला, उनले छोरालाई अर्याईन। रबी हतार हतार गर्दै पाइन्ट र कमीज लगाएर कुद्यो गाउँ तिर रुखहरूमा हेर्दै ।  होईन ए रबी केभो तलाई बिहान बिहान माथी माथी हेर्दै हिड्या छस त - घरको आँगनमा बसेर घाम ताप्दै गरेका  लाहुरे बा भन्दै थीए। के हुनुनी लाहुरे बा हिजो रातीको हावा हुरीले त्रीपाल उडाए छ त्इ खोज्न हिडेको ।  लउ अब रातीको हुरीले कहाँ पुर्यायो होला कहाँ खोज्छस्- लाउरे बा भन्दै थाए। उस्ले नसुने जस्तै गरी हिड्यो। धेरै खोज्

मान्छेको जिन्दगी के नै होर !!

Image
साउनको महिना बाहिर सिमसिमे पानी परी रहेको थियो ।घरमै बस्दा बस्दा वाक्क लागेको म , चार्ज फुल भएको मोबाइल बोकेर निस्किए बाहिर । पाटनका गल्ली हुदै हिड्दै थिए । मेरो ध्यान हेर्दा मधेसी मुलका सेतो कमीज र कालो पाईन्ट अनी एउटा हातले छाता र अर्कोले साइकलको ह्यान्डिल समातेर गन्तब्य तिर  हिड्दै गरेका यी दाई तिर गयो । मैले खोल्तीबाट मोबाईल झीके र पछाडीबाट फोटो लिए , त्यसपछी ऊ आफ्नो गन्तब्य तिर लागे म आफ्नो । यसो सोच्दा लाग्छ मान्छेको जिन्दगी के नै होर । बाचुन्जेल दुई छाक खाना र शरीर ढाक्ने लुगा चाहिने त होनि । तर तेति का लागि कति धेरै सङघर्स गर्नु पर्छ पत्तै नहुने।

चाउरिएको त्यो अनुहार

Image
चाउरिएको त्यो अनुहारमा देखिन्छ्न कैयन रेखाहरु, आउने जानेलाई नियाली रहेका ती आखाहरू, लाग्छ केही सोध्न खोजी रहेछिन नजीकैको भगवानलाई "भगवान, हेर त प्रकृतीले तिमीलाई पनी नछोड्ने रैछ, आज  तिमी पनी म जस्तै  टेकाको साहारामा उभीदै छौ " !! .