रबी

अहो, हिजो रातीको हावा हुरीले त गर्नु गरे छ। गोठको त्रीपाल त सबै उढाएर लगे छ," आमा ए आमा ! होइन कता जानु भएछ " उ कराउदै थीयो घर पछाडीको गोठबाट । कैले गोठ तीर नजाने उस्लाइ आज के भएछ कुन्नी आज त एका बीहानै गोठबाट आमालाई बोलाउदै थीयो।
अनी एकै छिनमा भित्रबाट आवाज सुनीयो -हैन के भयो तलाई बीहान बीहान कराउदै छस्त ।
 यता आउनु त, गोठको त्रीपाल त रातीको हावा हुरीले उडाए छ -उ सुनाउदै छ आमालाई
आमा हतार हतार गर्दै हेर्न आइन- लौ  किनेर ल्याको नयाँ त्रीपाल त उडाइ हालेछ नी , हे भगवान अब के गर्ने होला
उनी दुखीहुदै छोरालाइ सुनाउदै थिईन।
जा जा यतै गाउँतिरै कतै रूखमा अड्केको होला, उनले छोरालाई अर्याईन।

रबी हतार हतार गर्दै पाइन्ट र कमीज लगाएर कुद्यो गाउँ तिर रुखहरूमा हेर्दै ।

 होईन ए रबी केभो तलाई बिहान बिहान माथी माथी हेर्दै हिड्या छस त - घरको आँगनमा बसेर घाम ताप्दै गरेका  लाहुरे बा भन्दै थीए।

के हुनुनी लाहुरे बा हिजो रातीको हावा हुरीले त्रीपाल उडाए छ त्इ खोज्न हिडेको ।
 लउ अब रातीको हुरीले कहाँ पुर्यायो होला कहाँ खोज्छस्- लाउरे बा भन्दै थाए।
उस्ले नसुने जस्तै गरी हिड्यो।

धेरै खोज्यो उस्ले तर भेटाउन सकेन, अनी नीरास हुदै घर फर्कीयो ।
आमा गाउँतिर त कतै छैन हावाले कता लग्यो लग्यो, मैले त भेटीन।
ल ल भैगो छोड्दे अब तै पुरानै बान्दिन पर्ला , अब तेरा बाले पैसा पठाए पछी किन्मला फेरी नयाँ - रमाले छोराको टाउको सुम्सुमाउदै भनीन् ।
आमा अनी मलाई एउटा नयाँ घडी पनी है - उस्ले आमालाई फकाउने स्वरमा भन्यो
ल ल भैहाल्छनी बाले पैसा पठाए पछी म किन्दिम्ला -उनले सान्तोना दिदै भनीन् ।

रबीका बुवा रोजगारीका लागी खाडी गएका थिए । घर धान्नपनी गारोभए पछी तल्लो खेत बेचेर गएका उनले, गएको दुई बर्षमै पुरानो घर भत्काएर ईट्टाको गार्हो र टिनको छानो हालेर नयाँ घर बनाए । पोहोर साल दसैमा आएर गएका उनी अजै 5-6 बर्ष उतै बस्छु भनेर गए ।

आमा आमा यस्पाली बा घर आउनु हुन्छ कि हुदैन - रबीले आमा सोध्यो
 खै आउनु हुन्छ होला - रमाले भनीन्

 ल अब हात खुट्टा धोएर आइजो म खाना पस्किन्छु फेरी स्कुल जान ढिलाहोला , अब दिदि पनी आइपुग्ने बेलाभो घाँस लिएर ।

उ खाना खान गयो , उस्की दिदि पनी आईपुगीन घाँसको भारी लीएर ।

ललीता ए ललीता ल ल हातमुख धोएर आईजो खाना खान फेरी अबेला होला स्कुल जान -
 ल ल आए पस्की दिनु , उ छिटो छिटो हात धोएर खाना खान गईन ।
आज काको घाँस काटेर ल्याको - रमाले सोधीन
तल्लो खेतको त कुनचाईले काटे छ , पाखा गएर ल्याको

 ए कुन चै मोर्ननसक्याले काटे छ अर्काको खेतको - रमा सराप्दै थिईन
रबी खाना खाएर नीस्क्यो र स्कुल कपडा लगाउन कोठा तिर पस्यो ।

रबी को स्कुल त घर नजीकै थियो तर ललीता को भने एक घन्टाको उकालो, ओरालो, भिरको गोरेटो र कच्ची बाटाहरू भएर जान पर्थो। रबी पढ्ने स्कुलमा जम्मा कक्षा पाँच सम्म मात्र पढाई हुन्थ्यो ,त्यसैले त्यसपछीको अध्यनका लागी गाँउ बाट टाढा रहेको 'हरियो डाडा उच्च माध्यमीक बिध्यालय' धाउन पर्ने बाध्यता थियो गाँउका बालबालीकालाई, त्यसै कारनले त कक्षा पाँच सम्म पढे पछी कोही पढ्न सहर पस्थे भने धेरैले पढ्न छोडेका थिए। यस बिषयमा गाँका ठुला र बुझेका मान्छे ले आवाज उठाए तर खोई केही भएको छैन अलै सम्म ।
बजेट भाषन हुदा सबले सुन्छन रेडीयोमा तर उनीहरू अन्जान छन शिक्षाका लागि छुट्टाएको बजेट बाट ।
एकता गाँउ सच्चैनै नीकै सुन्दर छ तर त्यही सुन्दर माटो मा समस्या का चाङ छन ।

रबी ए रबी, होईन कती टाईम लाउछ  हो, यो केटो, दिदी गई सकी यो भने चाई अजै निस्किदैन,छिटो निस्की- आफ्नै लवजमा हल्का अङग्रेजीका टुक्रा मिसाए र रमाले छोरालाई कराईन ।

बिहान भुटेको अलु र चिऊरा राखेर दुबैका झोलामा एक एक ओटा टिफीन राखी दिदै उनले फेरी छोरीलाई भनीन्

नानी भरे छिट्टै आउनु नी कतै भुलेर बस्ने होईन,

अ सुन्त आउदा खेरी माथी काकीको घरबाट मकैको पिठो पनी लीएर आएस्, मैले भनी सक्या छु । उनले छोरीलाई अर्राईन

होईन के गर्दै छ यो केटो अझै आएन ?
आए के आए भित्रबाट रबीले ठुलो स्वरमा भन्यो, सायद उ केही सामान खोज्दै थियो ।

ल ल छिटो जा स्कुल, छुट्टी भए पछी खुरुक्क घर आउने त्या साथीहरुसङ्ग जानी होइन नी छहरा तीर फेरी मैले जान्या छु - रमाले सम्झाउदै छोरालाई पनी स्कुल पठाईन ।
यो त उनको एउटा दैनीकी नै थियो । त्यसपछी एकै छिन आराम गर्न पिडीको डिलमा के बसेकी थिईन,माथी घरकी रामहरीकी आमा ठुलो स्वरमा भनीन ,
रमा..ए रमा .. आज शान्ता दिदीकोमा मकै गोड्न जानी हैन?? म त जान लागे है ।

रमाले पनी ठुलै स्वरमा जवाफ दिईन - हो हो तपाई हिड्दै गर्नु म एकै छिनमा आउछु ।

यती भनेर भर्खरै आरम गर्न बसेकी उनी जुरूक्क उठीन र छिटो छिटो भाडा माजेर ढोकामा ताल्चा लगाएर मकै गोड्न शान्ता दिदीको बारी तिर लागिन ।

उता रबीको स्कुलमा छैठौ घन्टी सक्किएर बिज्ञान पढाउने मास्टरले कक्षा छोडेर गए  । सातौ बिषय सामाजीक को थियो, आज सामाजीक पढाउने पौडेल सर आएका रैनछन, त्येसैले हेडमास्टर आएर हल्ला नगरी कन बस्न भनेर गए । पौडेल सर नआएकाले होला सबै विध्याथीको मुहार खुसी छाएको थियो ,किनकी उनी अरू मास्टर भन्दा अली कडा थिए । हेडमास्टर जाने बितीकै सबै आ-आफ्नै सुरमा लागे ,कोही चित्र बनाउन लागे त कोही गफ गर्न । यतीकै मा रबि सङ्गै बसेको नरेशले भन्यो

ओई तिमीहरूलाई थाहा छ?? लाउरे बाका छोरा त त्यो माथीको भिरबाट खसेर मरेको रे नी!
छेउछाउका केटाकेटीको ध्यान नरेश तर्फ गयो , सबैले उस्लाई हेरे

साच्चै हो, मैले त बाले भनेको सुन्या, त्यही भएर त राती राती सधै त्यहाँबाट रोएको आवाज आउछरे - नरेशले सुनायो ।

त्यसै बेला हरीले पनी भन्यो - अ मैले पनी सुनेको , त्या त भुत हिड्छ रे ।

रबी ध्यान दिएर सुनी रहेको थियो उनीहरूको कुरा , त्यसैबेला सातौ घन्टी पनी बज्यो सबै झोला बोकेर दौडिन थाले।

रबीले आफ्नो झोला लियो र साथीहरू सङ्गै हतार हतार निस्कियो । उस्का साथीहरू केही अगाडी पुगीसकेका थिए, उ उनीहरूलाई भेट्टाउन खोज्थ्यो तर सकेन । घर फर्कने बाटो त्यही भिरको तल बाट थियो, उस्ले अघी साथीहरूले भनेको कुरा सम्झियो । मुटु छिटो छिटो चल्न थाल्यो, मनमा केही डर भए जस्तो भयो । त्यसैले उ छिटो छिटो कतै नरोक्की कन दौडदै घर तिर लाग्यो ।

उ स्वा स्वा गर्दै घर पुग्यो र पिडीमा थुचुक्क बस्यो अनी त्यही पल्टियो । एकै छिनमा टाउकोमा पिठोको बोरा र काधमा किताबको झोला बोकेर ललिता पनी आई पुगीन, भाई भुईमा पल्टिएको देखेर सोधीन ओई के भयो ??
रबीले केही जवाफ दिएन..
उनले घाटीमा लगाएको साँचोको माला झिकिन र ढोका खोलीन ।

ललीता- आईजो भित्र!!
दिदीको आवाज सुनेर उ झस्ङग भयो अनी उठेर भित्र गएर खाटमा पल्टीयो ।


ललिता गाई बस्तुलाई घाँस पानी दिन लागीन, रबी सुतेको सुत्यै गर्यो । सधै स्कुलबाट आएर लुगा फेरेर साथीको गरमा खेल्न पुग्ने रबी आज गएन । साँझ आमा आउने बेला सम्म उ सुतीरहेको थियो ।

ललिता ए ललिता, पानी दिईस त बस्तुलाई उनी बाहीर बाट कराउदै भित्र पसीन । भान्सामा तरकाली ओईरिदै गरेकी ललिताले भनीन, अ दि सके ।

-अनी भाई खै त??
-सुती राछ ।
के भएछ आज फेरी त्यसलाई, बाबु ओई बाबु उठ साँझ सुत्न हुन्न -रमाले छोरालाई भनीन ।

ललिताले खाना तयार पारीसकेकी थिई । रमा छोरालाई उठाउन गईन ।
- ओई कति सुतेको उठ दिदीले भात पस्कि सकी ।
रबी जुरूक्क उठ्यो
-के भयो तलाई?? रमाले निधार छामिन, ज्वरो आएको रैनछ तर अनुहार मलिलो थियो ।
-केही भाछैन भन्दै उ उठ्यो र भान्सा तिर गयो । तर आज उस्ले त्यती खान मन गरेन ।
केही गास खाएर उ मुख चुठ्न गयो ।

-होईन के भएछ आज एस्लाई?? रमाले ललितालाई सोधिन ।
-खै !!
भोली लाहुरे बाजेका फुक्न लान पर्यो, तर्सिए जस्तो छ कतै !! -रमाले छोरीलाई सुनाईन ।

मुख चुठेर आएको रबीले आङ्खरा भुईमा राख्यो र सुत्न गयो ।






Comments

Popular posts from this blog