मान्छेको जिन्दगी के नै होर !!

साउनको महिना बाहिर सिमसिमे पानी परी रहेको थियो ।घरमै बस्दा बस्दा वाक्क लागेको म , चार्ज फुल भएको मोबाइल बोकेर निस्किए बाहिर । पाटनका गल्ली हुदै हिड्दै थिए । मेरो ध्यान हेर्दा मधेसी मुलका सेतो कमीज र कालो पाईन्ट अनी एउटा हातले छाता र अर्कोले साइकलको ह्यान्डिल समातेर गन्तब्य तिर  हिड्दै गरेका यी दाई तिर गयो । मैले खोल्तीबाट मोबाईल झीके र पछाडीबाट फोटो लिए , त्यसपछी ऊ आफ्नो गन्तब्य तिर लागे म आफ्नो ।

यसो सोच्दा लाग्छ मान्छेको जिन्दगी के नै होर । बाचुन्जेल दुई छाक खाना र शरीर ढाक्ने लुगा चाहिने त होनि । तर तेति का लागि कति धेरै सङघर्स गर्नु पर्छ पत्तै नहुने।

Comments

Popular posts from this blog

रबी