पुरानो घरको पिडी



बिहानीको त्यस्तै आठ बजे तिर म यो पुरानो घरको बिहिर पिडीमा राखिएको काठको टेबुलमा बसेर वरिपरीको वातावरणलाई नियाल्दै थिए । घर सायद डाडामा भएकाले होला बिहानीको निकै चर्को घाम थियो । वरपर हेर्र्दै गर्दा मेरो ध्यान एक्कासी घरको पिडीमा गयो । शान्त भएर बसेको मैले एक्काशी केही सुने जस्तो लाग्यो । ए मानीस सुन त.... 
यता हेरेर हाम्रो नी फोटो खिचीदेउ न । म अचम्ममा परे, छेउमै रेहेको जातोले बिलौना गर्दै थियो, पहिले पहिले म नभई मान्छेहरू निकै आतिन्थे, सबैको घरमा म अनिवार्य थिए तर आज, पहिलेको जस्तो समय रहेन । मन्छेहरू निकै परिवर्तित भईसके छन, मेरो काम आधुनीक मेसिनलाई दिए छन । अब सायद केही वर्षमा मलाई पनी गाउँ गरमा खुल्ने संग्रहालयमा राख्न बेर छैन । यस्तै गुनासाहरू थिए पिडीमा राखिएका सामानहरूको । "सबैका आ-आफ्ना गुनासा , सबैका आ-आफ्ना कथा" ।


Comments

Popular posts from this blog

रबी