म फ्यालीएको चस्मा


अ सहि सुन्यौ तिमीले, हो म फ्यालिएको चस्मा ।
म त्यही चस्मा हु जसलाई तिमीले पहिलो चोटी देख्दा निकै रमाएकी थियौ ।
अनी याद छ मलाई अझै त्यो दिन, जुन दिन तिमी मलाई तिम्रा ति साना आखाको अगाडी लगाएर तिम्रा ती साना साथीहरूलाई देखाउन निकै हतारिएकी थियौ ।
अनी म त्यही चस्मा हु जस्लाई तिमीले छिन, छिनमा निकालेर पुछेर सफा पार्दै लगाउथ्यौ ।
तर आज, यी मलाई हेर त म निकै मैलिएको छु, कहिले यता त कहिले उता फ्यालिएको छु ।
सायद अब तिमीमा, म प्रतिको आकर्षण घट्दै गएको जस्तो छ । मलाई नदेखे आतिने कराउने तिमीले सायद अर्कै चस्माको साहारा पाएकी जस्तो छ ।

Comments

Popular posts from this blog

रबी